१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १o:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ

रोजगारीमूलक तालिमका लागि हुलास स्टिलसहितको त्रिपक्षीय सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:२२:oo

नेपाल सरकार लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र, नेपाल उद्योग परिसंघ र हुलास स्टिलबीच रोजगारीकेन्द्रित त्रिपक्षीय सम्झौता भएको छ । लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रले आफ्नो कार्यस्थलमा १८ वर्ष नाघेका नेपालीलाई रोजगारीमूलक तालिम दिने प्रतिबद्धतासहित त्रिपक्षीय सम्झौता भएको हो । 

सम्झौतामा उद्योग प्रवद्र्धन केन्द्रका उपसचिव ऋषिराम पंगेनी, नेपाल उद्योग परिसंघका महानिर्देशक दीपकराज जोशी र हुलास स्टिलका ब्रान्ड एन्ड कर्पोरेट कम्युनिकेसन म्यानेजर रवि केसीले हस्ताक्षर गरेको जनाइएको छ ।

सम्झौताअनुसार तीन महिनाको तालिमपश्चात् हुलास स्टिलले दुई वर्षका लागि रोजगारमूलक प्रशिक्षण कार्यक्रममा छनोटमा परेका व्यक्तिलाई नीति नियमअनुसार रोजगारीको अवसर प्रदान गर्ने जनाइएको छ ।

त्यस्तै, प्रशिक्षण तालिम अवधिको न्यूनतम खर्च भने नेपाल सरकारले व्यहोर्ने उल्लेख छ । कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम सञ्चालन कार्यविधि,२०७९ मा रहेको प्रावधानअनुसार यो सम्झौता गरिएको जनाइएको छ । 

ad
ad