१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
२o८१ बैशाख २५ मंगलबार १६:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

विचार मिल्ने राजनीतिक शक्तिसँग तालमेल हुन्छ : नेता भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १६:२६:oo

नवगठित नेपाल समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले आगामी निर्वाचनमा नजिकका विचार मिल्ने राजनीतिक शक्तिहरुसँग चुनावी तालमेल र गठबन्धनका लागि प्रयास गर्ने बताएका छन्।

शनिबार ललितपुरको बालकुमारीमा बसेको पार्टी केन्द्रीय समितिको प्रथम बैठकमा उनले यस्तो धारणा राखेका हुन्। जनताका मुद्दाहरुलाई चुनावको क्रममा महत्वपूर्ण ढंगले उठाउने उल्लेख गर्दै उनले ती विषयहरुमा गम्भिर छलफल गरी पार्टीको केन्द्रीय समिति बैठकले आवश्यक निर्णय लिने बताए।

‘निर्वाचनका निम्ति हामीले सम्भव भएसम्मका नजिकका विचार मिल्ने शक्तिहरुसँग चुनावी तालमेल, गठबन्धन आदिका निम्ति प्रयास गर्नुछ। र, जनताको मुद्दाहरुलाई, जनताका विषयवस्तुहरुलाई चुनावको क्रममा पनि महत्वपूर्ण ढंगले उठाउने प्रयत्न गर्नुछ। यी सबै विषयहरुमा हाम्रो छलफल भएर आवश्यक निर्णय लिनेछौं,’ उनले भने।

नेता भट्टराईले आफ्नो पार्टीले समावेशिता, संघीयता, सुशासन, समृद्धि र समाजवादको लक्ष्य प्राप्त हुन सक्छ भन्ने मान्यता अघि सारेको उल्लेख गर्दै त्यसलाई पूरा गरी मुलुकको वैकल्पिक राजनीतिक शक्ति बन्ने विश्वाससमेत व्यक्त गरे।

ad
ad