१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ श्रावण २० शुक्रबार ०८:४२:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

विद्यार्थीमा कोरोना देखिएपछि जुम्लाको एक विद्यालय बन्द

Read Time : < 1 मिनेट
२०७९ श्रावण २० शुक्रबार ०८:४२:००

धेरै विद्यार्थी बिरामी भएपछि जुम्लाको तिला गाउँपालिका–६ घोडेगाउँस्थित जनजागृति माध्यमिक विद्यालय बन्द भएको छ । विद्यालयका ८८ जनामा नमुना परीक्षण गर्दा एकजना छात्र, एकजना छात्रा गरी दुईजना विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । त्यस्तै, धेरै विद्यार्थीमा खोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्नेलगायत लक्षण देखिएकोे प्रधानाध्यापक जयलाल रोकायाले बताए । विद्यार्थीहरू एक सातादेखि बिरामी परेपछि विद्यालय प्रशासनले पालिकाको स्वास्थ्य शाखासँग परीक्षणको माग गरेको थियो । र, परीक्षणका क्रममा दुई विद्यार्थी संक्रमित भेटिए । यसक्रममा गाउँपालिकाका एक स्वास्थ्यकर्मीमा पनि संक्रमण देखियो । 

प्रधानाध्यापक रोकायाले विद्यालयमा कोरोना संक्रमण देखिएपछि गाउँमा त्रास फैलिएको बताए । ‘संक्रमित राख्नका लागि क्वारेन्टिनको व्यवस्था छैन,’ उनले भने, ‘आ–आफ्नो घरमा सुरक्षित रहन भनिएको छ ।’ कोरोना परीक्षणका लागि सबै विद्यार्थीलाई विद्यालयमा बोलाइएको भए पनि गम्भीर बिरामी परेका विद्यार्थी आउन नसकेको उनले बताए । जनजागृति मावि घोडेमा दुई सय २२ जना विद्यार्थी छन् । कोरोना देखिएपछि स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न थालिएको छ ।

वडाध्यक्ष जंगबहादुर रोकायाका अनुसार धेरैजसो शिक्षक र विद्यार्थी रुघाखोकी र ज्वरोले ग्रसित छन् । सबै शिक्षक र विद्यार्थी बिरामी भएकाले पठनपाठन प्रभावित बनेको छ । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले जिल्लामा कोरोना संक्रमित भेटिएको जानकारी पाएको बताइन् । उनले भनिन्, ‘जनस्वास्थ्य सेवा कार्यालय जुम्लासँग समन्वय गरेर अघि बढ्दै छौँ । त्यहाँको अवस्था बुझ्दै छौँ ।’ यसअघि हिमा गाउँपालिकाको महावैपातर खोलामा रहेको विद्यालयमा एकजना संक्रमित भेटिएका थिए ।