मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण १९ बिहीबार
  • Sunday, 13 July, 2025
मुख्य समाचार डिजिटल संस्करण

साइकल खरिदमा अनियमितता प्रकरण : जनमत पार्टीले माग्यो मुख्यमन्त्री राउतको राजीनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण १९ बिहीबार १२:४८:oo

जनमत पार्टीले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेको छ। ‘मुख्यमन्त्री बेटी बचाऊ, बेटी पढाऊ’ अभियानअन्तर्गत साइकल खरिदमा भ्रष्टाचार भएको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा बुधबार मुद्दा दायर गरेपछि जनमत पार्टीले मुख्यमन्त्री राउतको राजीनामा माग गरेको हो।

पार्टीका नेता बिपी साहले संघीयता जोगाउन मुख्यमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने भन्दै नयाँ पत्रिकासँग भने, ‘संघीयताप्रति सकारात्मक भाव दिने काम गर्नुपर्थ्यो। भ्रष्टाचार गरेर संघीयताविरोधीलाई मलजल गर्ने काम गर्‍याे । मधेसलाई बदनाम गर्ने काम गरियो। मुख्यमन्त्रीको राजीनामा नआए विरोधीहरूले यसैलाई इस्यु बनाउन सक्छन् । कुशल नेतृत्वको भूमिका निर्वाह गर्दै नैतिकताको आधारमा मुख्यमन्त्री राउतले राजीनामा दिनुपर्छ।’

नेता साहले अख्तियारले मुख्यमन्त्रीलाई जोगाएर कर्मचारीमाथि मात्र मुद्दा  दर्ता गरेको आरोप लगाएका छन्। आफ्नै नाउँमा भएको अभियानबारे आफूलाई जानकारी नभएको भन्दै मुख्यमन्त्री पन्छिन नमिल्ने उनको तर्क छ। नेता साहले साइकल वितरण गरिरहँदा कुन ब्रान्डको हो भन्ने जानकारी नहुने भन्नु सरासर झुट भएको दाबी गरेका छन्।

अख्तियारले साइकल खरिदमा १० करोड ३३ लाखभन्दा बढी भ्रष्टाचार भएको भन्दै तत्कालीन प्रदेश सचिव यामप्रसाद भुसालसहित आठजनाविरुद्ध मुद्दा दायर गरेको छ। साइकल खरिद प्रकरणमा छानबिन गर्न अख्तियारले गत असोज १३ मा छापामारी कागजात नियन्त्रणमा लिएको थियो ।

याे पनि - ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम : कम्पनी नखुलाई किनिए ११ करोडका १७ हजार साइकल