१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
तस्बिर : नयाँ पत्रिका अर्काइभ
समाचार डिजिटल संस्करण

बिहीबारदेखि झरी थामिने आकलन

मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको प्रक्षेपण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार २२:५८:oo

तीन दिनयता परिरहेको झरी बिहीबारबाट रोकिने आकलन गरिएको छ ।  ‘पूर्वभन्दा पश्चिममा केही धेरै वर्षा हुन सक्ने देखिएको छ । योक्रम अझै एक–दुई दिनसम्म रहनेछ,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गंगा नगरकोटीले नयाँ पत्रिकासँग भनिन् । 

मनसुनको न्यूनचापीय रेखा पूर्वमा औसतभन्दा दक्षिण (भारत)मा छ । त्यसैले त्यहाँ वर्षाको सम्भावना कम छ । तर, पश्चिमी क्षेत्रमा भने अझै मनसुनी रेखा औसतभन्दा उत्तर (नेपालनजिक) रहेको छ, जसकारण केही दिन हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उनले बताइन् । 

महाशाखाले बिहीबार मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षाको प्रक्षेपण गरेको छ । शुक्रबार देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

प्रदेश १ र लुम्बिनीका एक–दुई स्थानमा भारी वर्षा हुने ठानिएको छ । पछिल्लो २४ घन्टामा दुई सयवटा वर्षा मापन केन्द्रमध्ये एक सय ७८ मा वर्षा मापन भएको छ । जसमध्ये सबैभन्दा बढी नवलपुरको अरुंग बतासा केन्द्रमा १३५.८ मिलिमिटर वर्षा रेकर्ड भएको छ । 
 

ad
ad