संघ र प्रदेशको चुनाव अागामी ४ मंसिरमा गर्न सत्तारुढ गठबन्धनका नेता सहमत भएका छन् । बिहीबार बस्ने मन्त्रिपरिषद बैठकबाट निर्वाचनको मिति घोषणा गर्ने गरी नेताहरु सहमत भएका हुन् ।
बैठकमा सहभागी एक नेताका अनुसार बिहीबार मन्त्रिपरिषद् बैठकअगाडि गठबन्धनकाे बैठक बसेर निर्वाचनकाे मितिकाे अन्तिम टुंगो लगाउने निर्णय भएको छ ।