मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १३ शुक्रबार
  • Thursday, 19 December, 2024
२o७९ श्रावण १३ शुक्रबार o७:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जयपृथ्वी नगरपालिकाले निःशुल्क एमबिबिएस पढाउने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण १३ शुक्रबार o७:४१:oo

बझाङको जयपृथ्वी नगरपालिकाले प्रत्येक वर्ष एकजनालाई निःशुल्क एमबिबिएस  पढाउने भएको छ । बिहीबार नगरपालिकाले एमबिबिएस पढ्न चाहनेहरूका लागि फारम भर्न आवेदन खुला गरेको छ ।

आवेदनमा जयपृथ्वी नगरपालिकाभित्रका विज्ञान संकायबाट कक्षा १२ पास गरेका र नेपाल सरकारले लिने एमबिबिएसको प्रवेश परीक्षामा नाम निकालेको हुनुपर्ने उल्लेख गरेको छ । नगरपालिकाले साउन १८ गतेभित्र फारम भरिसक्नुपर्ने अन्तिम मिति राखेको छ।

‘छात्रवृत्ति पाउन कक्षा ६ देखि कक्षा १० सम्म नगरपालिकाभित्रका जुनसुकै माध्यमिक विद्यालयमा पढेको हुनुपर्ने र १२ कक्षामा विज्ञान विषय लिई नेपालभरको जुनसकै विद्यालयबाट भए पनि पास गरेको हुनुपर्ने मापदण्ड तोकेका छौँ,’ जयपृथ्वी नगरपालिका मेयर चेतराज बरालले भने । नगरपालिकाले प्रत्येक वर्ष एक जनालाई छात्रवृत्तिस्वरूप गरिब, दिनदु:खी, पहुँच नभएका तथा आर्थिक समस्यामा परेको विद्यार्थीलाई पढाउने निर्णय गरेको मेयर बरालले बताए ।