प्रधानमन्त्री शेरबहादुर देउवापत्नी एवं कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले बुधबार भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेसँग भेटवार्ता गरेकी छन् ।
स्वास्थ्योपचारका क्रममा दुई सातादेखि नयाँदिल्लीमा रहेकी राणासँग आफ्नो भेटवार्ता भएको चौथाइवालेले ट्विटरमा उल्लेख गरेका छन् । उनको म्याक्स अस्पतालमा उपचार भएको थियो ।