१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण ११ बुधबार ०६:२२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मानन्धर बने नेपालकै उत्कृष्ट टाटा गाडी मेकानिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण ११ बुधबार ०६:२२:००

सिप्रदी अटोपार्टस् प्रालि र टाटा मोटर्स लिमिटेडको आयोजनामा भएको मेकानिकहरूको ‘कुरुक्षेत्र’ प्रतिस्पर्धामा बनेपाका उमेश मानन्धर नेपालकै उत्कृष्ट मेकानिक घोषणा भएका छन् । कम्पनीले नेपालभरि छरिएर रहेका एक हजार दुई सयभन्दा बढी मेकानिकहरूको सीप र क्षमताको प्रतिस्पर्धा गराई प्रथम द्वितीय र तृतीय मेकानिक घोषणा गरेको हो । 

प्रतिस्पर्धामा बुटवलका अम्बर गुरुङ द्वितीय र काठमाडौंका डेम लामाले तृतीय स्थान हासिल गरेका छन् । प्रतियोगिता लिखित र मौखिक दुई चरणमा आयोजना गरिएको आयोजकले जनाएका छन् । टाटा मोटर्सका सवारीसाधनलाई देशको जुनसुकै स्थानमा जुनसुकै समयमा मर्मत–सम्भार सहज रूपमा प्राप्त होस् भन्ने उद्देश्यले स्थानीय मेकानिक्सहरूसँग सहकार्यका विभिन्न कार्यहरू अगाडि बढाइएको कम्पनीले जनाएको छ । टाटा गुरु कार्यक्रम यसैको एक महŒवपूर्ण भाग भएको जनाइएको छ । तीनै टाटा गुरुहरूलाई आवश्यक तालिम, ज्ञान र क्षमता अभिवृद्धि गराउँदै पनि आएको कम्पनीको भनाइ छ ।

बजारमा रहेका टाटा गुरुहरूको क्षमताको परीक्षण गरी आवश्यक सुधार गर्नुपर्ने ठाउँहरूको पहिचान गर्नका निमित्त टाटा गुरुहरूको क्षमताको प्रतिस्पर्धा गर्ने कार्यक्रमकोे नाम गुरुक्षेत्र रहेको सिप्रदी अटोपार्टस्का वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकीले बताए । साथै, यस प्रतिस्पर्धाबाट उत्कृष्ट तीनजनालाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पनि पठाइने बुढाथोकीले जानकारी दिए । 

उक्त कार्यक्रममा अन्य विभिन्न क्षेत्र र विधामा पनि उत्कृष्टता हासिल गर्ने टाटा गुरुहरू पुरस्कृत भएको जनाइएको छ । चितवनमा भएको कार्यक्रममा सिप्रदी ग्रुप अफ कम्पनिजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले टाटा गुरुहरूको क्षमता अभिवृद्धिको जिम्मेवारी सिप्रदीले लिने बताए ।