१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ९ सोमबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण ९ सोमबार o६:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

सिप्रदीले नेपाली बजारमा ल्यायो लोकोन्याभ सफ्टवेयर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण ९ सोमबार o६:o७:oo

सिप्रदी ट्रेडिङ प्रालिले लोकोन्याभ सफ्टवेयर नेपाली बजारमा बिक्री–वितरण सुरु गरेको छ । लोकोन्याभ उत्कृष्ट फ्लिट म्यानेजमेन्ट सोलुसन हो, जसले गाडीहरूलाई प्रभावकारी रूपले व्यवस्थापन गर्न मद्दत पुर्‍याउँछ । गाडीको ट्र्याकिङ, इन्धन सुपरिवेक्षण र भिडियो टेलिम्याट्रिक्सजस्ता प्रयोजनका लागि लोकोन्याभ अन्यन्त उपयुक्त मानिन्छ । 

‘सिप्रदी ट्रेडिङले सुरुवाती दिनदेखि नै आफ्ना ग्राहकको बृहत् हितलाई ध्यानमा राखी अटोमोटिभ एवं सो सम्बन्धित व्यापारको क्षेत्रमा आफूलाई सशक्त ढंगले अगाडि बढाइरहेको छ । यसै परिप्रेक्ष्यमा कम्पनीले लोकोन्याभ नेपाली बजारमा ल्याएको छ । जसले गाडीको सही व्यवस्थापन गर्न ठूलो सहयोग गर्नेछ,’ सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने, ‘यस लोकोन्याभ प्लेटफर्ममार्फत सिप्रदीले नेपालको गाडी व्यवस्थापन प्रणालीमा आमूल परिवर्तन गर्ने लक्ष्य राखेको छ ।’ 

लोकोन्याभका सहसंस्थापक श्रीधर गुप्ताले केही दिनमा नै छैटौँ वर्षमा प्रवेश गर्न लागेको बताए । यसलाई नेपालमा सिप्रदीसँगको बलियो सहकार्यले अझ विशेष बनाउने उनको भनाइ थियो । उनले भने, ‘हामी नेपालजस्तो आर्थिक रूपमा उदीयमान बजारमा उत्कृष्टभन्दा उत्कृष्ट फ्लिट म्यानेजमेन्ट सोलुसन प्रदान गर्न प्रतिबद्घ छौँ । 

लोकोन्याभ विश्वका उदीयमान एवं गतिशील बजारहरूका चालक एवं गाडीधनीहरूको फ्लिट म्यानेजमेन्टको पहुँचलाई सरल बनाउनेतर्फ केन्द्रित रहेको कम्पनीको दाबी छ । विश्वका ५० भन्दा बढी देशमा उपस्थिति भएको लोकोन्याभ एउटै प्लेटफर्मबाट गाडी सञ्चालनको प्रभावकारी व्यवस्थापन गर्न सकिने जनाइएको छ । नवीन प्रविधिहरूको प्रयोगमा बनेको यस प्लेटफर्मले गाडीधनी र चालकहरूलाई कमभन्दा कम खर्चमा उच्च कार्यक्षमता हासिल गर्न सहयोग गर्ने कम्पनीको दाबी छ । 

ad
ad
ad
ad