Skip This
ad
क्रिकेटमा गुट–उपगुट छन् : दासानायके
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार १o:१८:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

क्रिकेटमा गुट–उपगुट छन् : दासानायके

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १o:१८:oo

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वमुख्य प्रशिक्षक पुबुदु दासानायकेले टोलीभित्र ससाना गुट रहेको सार्वजनिक गरेका छन् । आइतबार क्यानडा पुगेका दासानायकेले ‘क्लिक इन्फो’सँग कुराकानी गर्दै नेपाली टोली पछिल्लो समयमा गुटबन्दीमा चलिरहेको खुलासा गरेका हुन् । ‘म दोस्रोपटक नेपाली टोली सम्हाल्न पुगेको थिएँ, टोलीभित्र ससाना समूह बनेको देखेँ,’ खुलस्त हुँदै उनले भने, ‘खेलाडीहरू खेलमा केन्द्रित थिएनन्, क्रिकेट खेलको प्रणालीमा धेरै समस्या रहेको पाएँ ।’ दासानायकेले गत बुधबार नेपाली टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका थिए ।

तत्कालै उनलाई क्यानडा क्रिकेट संघले राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । दासानायकेले नेपाल छाड्नुलाई पारिवारिक कारण बताउँदै आइरहेका छन् । क्यानडा पुगेपछि दासानायकेले नेपाली टोलीभित्रको अवस्थाका बारेमा क्लिक इन्फोसँग खुलेर कुराकानी गरेका छन् । उनले सन् २०११ मा आउँदाजस्तोको वर्तमान टोली नरहेको जनाए । ‘पहिलो र दोस्रोपटक नेपाली क्रिकेट टोली सम्हाल्दा निकै फरक पाएँ,’ उनले भने, ‘प्रत्येक खेलाडीको सोच फरक पाएँ ।’ गत पुसमा दोस्रो कार्यकालका लागि प्रशिक्षक बनेर नेपाल आउँदा नेपाल क्रिकेट संघ (क्यान) र सिनियर खेलाडीबीच चर्को विवाद चलिरहेको थियो । खेलाडी र क्यानबीचको विवादलाई सहज बनाउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरे । 

‘म २०११ देखि २०१५ सम्म नेपालमा रहँदा टोलीमा समस्या नै थिएन, सबै एकजुट थिए, त्यसवेला टोलीमा रहेका प्रत्येक खेलाडी एउटै थिए, उनीहरूमा जित्ने भावना थियो,’ पहिलो र दोस्रो कार्यकालको फरक देखाउँदै उनले भने, ‘त्यसवेलाका खेलाडी प्रत्येक खेल जित्न दुई सय प्रतिशतसम्म मिहिनेत गर्थे, यसपटक मैले धेरै साना समूह बनाएर खेलिरहेको देखेँ ।’ दासानायकेले खेलाडीहरूबीचको खेल्ने र अरू विविध पक्ष परिवर्तन भएको बताए । ‘सोच बिल्कुलै फरक थियो, यसले नेपालको खेललाई पनि असर गरेको थियो, क्रिकेट खेल्नमा ध्यान थिएन,’ दोस्रो कार्यकालबारे उनी भन्छन्, ‘टोलीभित्र वरिपरि अन्य धेरै समस्या थिए, यो स्पष्ट गर्न केही समय लाग्यो ।’

विभिन्न समस्या भए पनि नेपाली टोलीमा प्रतिभावान् खेलाडी भएको उनको भनाइ छ । ‘पक्कै पनि नेपाली टोलीमा धेरै समस्या देखिन्छ, यद्यपि यहाँ प्रतिभावान् खेलाडी धेरै छन्, नेपालको भविष्य राम्रो छ,’ उनले भने । दासानायकेले नेपाल आउँदा खेलाडी र क्यानबीच विवाद चलिरहँदा पनि वार्ता नभएको अवस्था भएको उनले बताए । ‘खेलाडी र क्यानबीच संवाद भएको थिएन, दुवै पक्ष धेरै कुरामा धेरै अडिग थिए,’ उनले भने, ‘म मध्यस्थता गर्न सक्षम थिएँ, खेलाडी र मबीच सम्बन्ध राम्रो थियो ।’ सन् २०१५ मा क्यानसँग विवाद भएपछि नेपाली क्रिकेट टोलीको प्रशिक्षकबाट उनले राजीनामा दिएका थिए । आइसिसीको अनुरोधमा २०१७ मा विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि उनी नेपालको कन्सल्ट्यान्ट प्रशिक्षक बनेका थिए । 

पुबुदुको नेतृत्वमा नेपालले डिभिजन–४ हुँदै डिभिजन  दुईसम्म खेलेको थियो । उनको प्रशिक्षणमा नेपालले सन् २०१४ को टी–२० विश्वकप खेलेको थियो । नेपाल छाडेपछि उनी सन् २०१६ मा अमेरिकाको प्रशिक्षक नियुक्त भए । उनले सन् २०१९ मा अमेरिकाको प्रशिक्षक पदबाट राजनीनामा दिएका थिए । उनी तीन वर्षअघि एभरेस्ट प्रिमियर लिग (इपिएल)सँग आबद्ध भैरहवा ग्लाडिएटर्सका प्रशिक्षक नियुक्त भएका थिए । 
 

ad
ad