मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
पुँजी बजार संघकी अध्यक्ष राधा पोखरेल । तस्बिर : फेसबुक
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण ६ शुक्रबार २०:०२:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

मौद्रिक नीतिले सेयर बजारलाई उत्साही बनाएन : राधा पोखरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण ६ शुक्रबार २०:०२:००

पुँजी बजार संघकी अध्यक्ष राधा पोखरेलले मौद्रिक नीतिले सेयर बजारलाई उत्साही बनाउन नसकेको प्रतिक्रिया दिएकी छिन् । 
चालू आर्थिक वर्षका लागि राष्ट्र बैंकले शुक्रबार जारी गरेको मौद्रिक नीतिबारे प्रतिक्रिया दिँदै पोखरेलले बढी फूलबुट्टा भरेर ल्याइएको बताइन् । ‘सेयर बजारलाई निकै उत्साहित बनाउने गरी मौद्रिक नीति आउन सकेन,’ नयाँ पत्रिकासँग उनले भनिन्, ‘जोखिम भार अहिले पनि एक सय प्रतिशत नै रहेको छ ।’
लगानीकर्ता नवराज दाहालले भने ठूला लगानीकर्तालाई अझै पनि सेयर धितो कर्जाले प्रभाव पारेको भए पनि साना लगानीकर्ताको हितमा हुने गरी मौद्रिक नीति आएको बताए । ‘दुईवटा सकारात्मक पक्ष छन्, मर्जरमा जाँदा कारोबार रोकिनुहुँदैनथ्यो, त्यो हटाइयो, सीमा कर्जा बढाइयो सकारात्मक छ,’ दाहालले भने ।