मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ५ बिहीबार
  • Monday, 16 December, 2024
२o७९ श्रावण ५ बिहीबार o८:२८:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

उमेशले जोडे  नेपालका लागि रजत पदक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण ५ बिहीबार o८:२८:oo

नेपाली शारीरिक सुगठनका खेलाडी उमेश राईले नेपालका लागि बुधबार रजत पदक जितेका छन् । उनले माल्दिभ्समा आयोजना भएको ५४औँ एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपअन्तर्गत ८० केजी तौलमा रजत पदक जितेको टोली व्यवस्थापक दिनेश राजभण्डारीले बताए । आठ खेलाडी सहभागी स्पर्धामा भारतका आश्विन सेठ्ठीले स्वर्ण र थाइल्यान्डका पतैवात अलकावातले कांस्य पदक हात पारे । 

यसअघि फिटनेस फिजिकतर्फ १७० सेमिसम्मको प्रतिस्पर्धामा राजु राईले नेपाललाई कांस्य पदक दिलाएका थिए । नेपालबाट तीन खेलाडीको सहभागिता रहेको च्याम्पियनसिपमा महिलातर्फ एथलेटिक फिजिकमा सुजिता मानन्धर छैटौैँ स्थानमा रहिन् । 

खेलाडीहरूको मनोबल उच्च राख्नका लागि नेपाल शारीरिक सुगठन तथा फिजिकल फिटनेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले रजत जितेका खेलाडीलाई एक लाख र कांस्य पदक प्राप्त खेलाडीलाई ७५ हजार नगदले सम्मान गर्ने घोषणा गरेकोसमेत व्यवस्थापक राजभण्डारीले बताए । 

नेपालले सन् २०२३ मा आयोजना गर्ने ५५औँ एसियन शारीरिक सुगठन प्रतियोगिताका लागि नेपालबाट अध्यक्ष श्रेष्ठ र एसियन फेडेरेसनबाट दातुक पउल चुवाले सम्झौतापत्रमा हस्ताक्षर गरे । प्रतियोगितामा भारतका एतिन्दर सिंहले मिस्टर एसियाको उपाधि जितेका छन् ।