१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
दीपक भट्ट रामेछाप
२o८१ बैशाख ३१ सोमबार २o:१८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

रामेछापका स्थानीय तहमा बेथिति : लापर्बाही खर्च, ३७ करोड बेरूजु

Read Time : > 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार २o:१८:oo

रामेछापका आठ स्थानीय तहले मनलाग्दी खर्च गर्ने गरेको र लेखा प्रणालीसमेत उल्लेख नगर्दा स्थानीय तहहरुमा बेरुजु रकम बढेको देखिएको छ । आर्थिक वर्ष ०७६/७७ मा  जिल्लाका आठ पालिकामा गरी कुल १८ करोड ३७ लाख ९७ हजार (१६.४ प्रतिशत) रकम बेरुजु रहेको महालेखा परीक्षकको ५८औँ प्रतिवेदनले देखाएकाे थियाे । साे बेरुजु रकम घटाउन स्थानीय तहले कुनै पहल नगरेको प्रतिवेदनमा उल्लेख छ । महालेखाकाे ५९औँ प्रतिवेदनले साे बेरुजु रकम बढेर आर्थिक वर्ष ०७७/७८ मा ३७ कराेड पुगेकाे हाे । 

गत आर्थिक वर्षमा रामेछापका आठ पालिकाको कुल १० अर्ब ९५ करोड २५ लाख ९४ हजारको लेखापरीक्षण गर्दा ३७ करोड ३ लाख ५० हजार रुपैयाँ बेरुजु देखिएको महालेखाले जनाएको छ । दुईवटा नगरपालिकामध्ये मन्थली नगरपालिकाको बेरुजु आ.व.०७६/७७ मा १ करोड ८९ लाख ६२ हजार रहेकोमा उक्त रकम बढेर आ.व.०७७/७८ मा ३ करोड ४३ लाख ६० हजार रुपैयाँ पुगेको छ । यसैगरी, रामेछाप नगरपालिकामा आ.व.०७६/७७ मा ६० लाख ४१ हजार बेरुजु रहेकोमा ०७७/७८ मा१ करोड ५१ लाख ६० हजार रुपैयाँ पुगेको छ । 

जिल्लाको सुनापती गाउँपालिकामा अघिल्लो आर्थिक वर्षमा भन्दा यस वर्ष कम बेरुजु देखिएको छ । आ.व.०७७/७८ मा ६७ लाख ८५ हजार बेरुजु रहेको देखिएको महालेखाको प्रतिवेदनमा छ । उमाकुण्ड गाउँपालिकामा आ.व.०७६/७७ मा लेखापरीक्षण गर्दा ५ करोड २० लाख ४९ हजार रुपैयाँ बेरुजु देखिएकोमा उक्त रकम ०७७/७८ मा आइपुग्दा ११ करोड ७३ लाख ६६ हजार पुगेको छ । त्यस्तै, खाँडादेवी गाउँपालिकाको ०७६/७७ मा ५ करोड ३७ लाख ४ हजार रुपैयाँ रहेको बेरुजु ०७७/७८ मा ९ करोड २८ लाख ९४ हजार पुगेको छ । 

त्यसैगरी, लिखु तामाकोसी गाउँपालिकाको जनप्रतिनिधिको आन्तरिक विवादको कारण महालेखा परीक्षकको कार्यालयले ०७६/७७ मा लेखापरीक्षण गरेको थिएन । सो पालिकाको आ.व. ०७७/७८ मा लेखापरीक्षण गर्दा ४ करोड १७ लाख ४० हजार रुपैयाँ बेरुजु रकम देखिएको छ । यस्तै, गोकुलगंगा गाउँपालिकाको आ.व.०७६/७७ मा ९७ लाख ६२ हजार रुपैयाँ मात्र बेरुजु देखिएकोमा उक्त रकम आ.व.०७७/७८मा वृद्धि भई ४ करोड ४६ लाख ५८ हजार रुपैयाँ पुगेको छ । दोरम्बा शैलुङ गाउँपालिकाको बेरुजु ०७६/७७ मा १ करोड ५४ लाख ८७ हजार रुपैयाँ देखिएकोमा ०७७/७८ मा १ करोड ५४ लाख रुपैयाँ पुगेको छ । 
 

ad
ad