१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २८ मंगलबार
  • Sunday, 11 May, 2025
२o७९ असार २८ मंगलबार १९:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१४ वर्षीया बालिका बलात्कार प्रयासको आरोपमा वडाध्यक्ष पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार २८ मंगलबार १९:४६:oo

बलात्कार प्रयासको आरोपमा मकवानपुरको कैलाश गाउँपालिका–९का वडाध्यक्ष पक्राउ परेका छन्। जिल्लाको विकट कैलाशका वडाध्यक्ष भुवनसिं घलानविरुद्ध १४ वर्षीया बालिकाले बलात्कारको प्रयास गरेको जाहेरी शुक्रबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दर्ता गरेपछि घलान पक्राउ परेका हुन्। 

जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक टेकबहादुर कार्कीका अनुसार किशोरीले जाहेरी दर्ता गरेपछि शुक्रबार नै वडाध्यक्ष घलानलाई पक्राउ गरिएको हो। १८–१९ मा  हेटौँडामा आयोजित राष्ट्रपति रनिङ सिल्डमा आएकी कैलाश गाउँपालिका–९मा रहेको कालिका माविमा अध्ययनरत छात्रामाथि घलानले बलात्कार प्रयास गरेको आरोप छ। 

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा किशोरीले दिएको जाहेरीमा आफूसहित साथीहरू बसेको होटेलको कोठामा मध्यरातमा आएर वडाध्यक्ष घिसिङले आफूमाथि बलात्कार गर्न खोजेको आरोप लगाएकी छिन्। किशोरी रनिङ सिल्डमा लङ्जम्पमा विद्यालयको तर्फबाट सहभागी थिइन्। 

१९ असारमा खेलमा सहभागी हुन उनी १८ असारमा हेटौँडा उपमहानगरपालिका–१ जरुवाटोलमा रहेको आसन गेस्टहाउसमा बास बसेकी थिइन्। सुतिरहेकै वेला १८ असार राति साढे १२ बजे वडाध्यक्ष प्रवेश गरी अन्य दुई विद्यार्थीलाई समेत दुर्व्यवहार गरेको र आफूलाई बलात्कार गर्ने प्रयास गरेको आरोप जाहेरीमा उल्लेख गरेको प्रहरीले जनाएको छ।