मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असार २८ मंगलबार
  • Saturday, 12 July, 2025
२o७९ असार २८ मंगलबार १४:o८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

आर्थिक संकटबीच श्रीलंकाली पूर्वअर्थमन्त्री बासिलको देश छाड्ने प्रयास असफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार २८ मंगलबार १४:o८:oo

श्रीलंकाका पूर्वअर्थमन्त्री बासिल राजापाक्षको देशबाट भाग्ने प्रयास असफल भएको छ। सोमबार साँझ उनलाई संयुक्त अरब इमिरेट्सको दुबई जाने हवाईजहाज चढ्नबाट रोकिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

देशमा जारी चरम आर्थिक संकटका वेला बासिलले देश छाड्ने प्रयास गरेकामा हवाईजहाजका यात्रुहरूले घोर विरोध गरेपछि अध्यागमन अधिकारीहरूले उनलाई विमान चढ्न नदिएकाे डेली मिररले जनाएको छ। बासिल राष्ट्रपति गोटाबाया राजापाक्षका कान्छा भाइ हुन्।

यसैबीच, राष्ट्रपति गोटाबायाले देश नछाडेको सभामुख महिन्दा यापा अबेवर्देनाले बताएका छन्। शनिबार राजीनामाको घोषणा गरेका उनी भागेर तेस्रो मुलुक गएका बताइएको थियो। प्रधानमन्त्री रनिल विक्रमासिंघे पनि स्वदेशमा नै रहेका उनको दाबी छ।

शनिबार राष्ट्रपति भवनमा प्रवेश गरेका हजारौँ प्रदर्शनकारीमध्ये केहीले त्यहाँ  क्यारेमबोर्ड खेलेको, सोफामा सुतिरहेको, बगैँचामा रमाइलो गरेको र भान्सामा खाना तयार गरेका दृश्यहरू सार्वजनिक भएका थिए। राष्ट्रपति र प्रधानमन्त्रीले पदबाट राजीनामा नदिएसम्म उनीहरूले राष्ट्रपति भवनबाट बाहिर ननिस्कने बताउँदै आएका छन्। रासस/एएनआई

याे पनि पढ्नुहाेस् : यस्तो छ श्रीलंकाको जर्जर आर्थिक अवस्था