१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २८ मंगलबार
  • Tuesday, 02 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असार २८ मंगलबार १३:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

अड्किएर बसेका विधेयकबारे बुझ्न विशेष संसदीय समिति बनाउन एमाले सांसद दाहालको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार २८ मंगलबार १३:४४:oo

एमालेका सांसद देवेन्द्र दाहालले संसदमा अड्किएर बसेका विधेयकहरूको अवस्था हेर्नका लागि विशेष संसदीय समिति गठन गर्नुपर्ने बताएका छन्। मंगलबार राष्ट्रिय सभाको बैठकको विशेष समयमा सांसद दाहालले प्रतिनिधिसभा र राष्ट्रिय सभामा धेरै विधेयक अड्किएर बसेको उल्लेख गर्दै यस्तो बताएका हुन्।

उनले संसदमा अड्किएर रहेका तथा विचाराधीन विधेयकलाई हेर्ने गरी दुवै सदनमा अनुगमन, सुपरिवेक्षण र सुझाव समिति गठन गर्नुपर्ने बताए। सरकारको बेवास्ताका कारण संसदमा विधेयक र कानुनहरू अलपत्र परेको भन्दै उनले सो समितिले विधेयकको अवस्थाको सम्बन्धमा कुनै पनि समयमा अनुगमन, सुपरिवेक्षण गर्ने र झकझकाउने काम गर्न सक्ने बताए।

‘मलाई लाग्छ यो संसद् यदि अधिकारसम्पन्न हो भने, सार्वभौम हो भने, पक्कै पनि यो संसद् सार्वभौम छ, अधिकारसम्पन्न छ भने यस्ता विधेयक हेर्ने गरी एउटा संसदमै, प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै ठाउँमा यो विधेयकलाई हेर्ने एउटा स्पेसल अनुगमन, सुपरिवेक्षण र सुझाव समिति हुनुपर्छ भन्ने म प्रस्ताव राख्न चाहान्छु,’ उनले भने।

सांसद दाहालले वर्तमान सरकारसँग नैतिकता नरहेको आरोपसमेत लगाए। शून्य समय र विशेष समयमा प्रस्तुत विषयको जवाफ सम्बन्धित मन्त्रीले पाँच दिनभित्र सदनमा उपलब्ध गराउनुपर्ने व्यवस्था भए पनि मन्त्रीहरूले जवाफ नदिने गरेको उनले बताए। उनले जवाफ नदिने मन्त्रीहरूलाई नियमावलीको व्यवस्थाअनुरूप मुद्दा हाल्ने चेतावनी दिए।

ad
ad
ad
ad