जिल्ला न्यायाधीश नियुक्तिका लागि न्यायपरिषद्ले सूचना निकालेको छ। परिषद्ले सोमबार एक सूचना जारी गर्दै २१ पदमा योग्यता पुगेका इच्छुक व्यक्तिबाट आवेदन माग गरेको हो।
परिषद्ले पहिलोपटक मापदण्ड बनाई जिल्ला न्यायाधीश नियुक्ति गर्न लागेको हो। हाल ४० भन्दा बढी जिल्ला न्यायाधीशको पद रिक्त छ। जारी सूचनामा योग्यता पुगेका इच्छुक व्यक्तिलाई स्वघोषणासहित सूचना प्रकाशित मितिले सात दिनभित्र परिषद् सचिवालयमा आवेदन दिन उल्लेख गरिएको छ।