Skip This
चुनावअघि कुनै पार्टीसँग एकता हुँदैन : नेपाल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २७ सोमबार
  • Sunday, 07 July, 2024
२o७९ असार २७ सोमबार १o:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

चुनावअघि कुनै पार्टीसँग एकता हुँदैन : नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार २७ सोमबार १o:१८:oo

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी संघीय र प्रदेश सभाको चुनावअघि कुनै पनि पार्टीसँग एकता नहुने बताएका छन् । समाजवादी प्रेस संगठनले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्र र समाजवादी पार्टीबीच एकीकरणबारे सोधिएको प्रश्नमा अध्यक्ष नेपालले चुनावअघि एकीकरणको सम्भावना नरहेको प्रस्ट पारे ।

एकीकरणको विषयले अहिले कतिपय कमिटी तरंगित भएका छन् । ‘एकीकरण भइहाल्छ कि भन्ने बुझाइ छ,’ उनले भने, ‘आगामी चुनावअघि कुनै पनि पार्टीसँग हाम्रो एकताको सम्भावना छैन ।’ अध्यक्ष नेपालले आगामी चुनावसम्म अहिलेकै गठबन्धनले निरन्तरता पाउने बताए । आवश्यक भएका ठाउँमा गठबन्धनबीच चुनावमा तालमेल हुने उनले बताए । अध्यक्ष नेपालले सबै कम्युनिस्ट पार्टीबीच वाम एकता भएर चुनावमा जाने सम्भावना  तत्काल नरहेको बताए ।

समाजवादीले एक्लै जित्ने ठाउँमा एकल उम्मेदवारी दिने र आवश्यक भएका ठाउँमा गठबन्धनबीच तालमेल गरेर जाने उनको भनाइ छ । ‘गठन भएको छोटो अवधिमा हाम्रो पार्टी राष्ट्रिय पार्टीका रूपमा स्थापित भएको छ। आउने चुनावसम्म हामी सबै पालिका र वडा तहसम्म पुग्छौँ,’ उनले  भने, ‘चुनाव आफ्नै बलबुतामा लड्न सक्षम हुने गरी अहिले हामी संगठन निर्माणमा केन्द्रित छौँ ।’

ad
ad
ad
ad