चौधरी ग्रुपअन्तर्गतको सिजी इलेक्ट्रोनिक्सले युरोपियन इलेक्ट्रोनिक्स ब्रान्ड बेकोको अत्याधुनिक फिचर्ससहितको कम बिजुली खाने इन्भर्टर एयर कन्डिसनर नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले गो क्लिन, जोनफलो, गोल्ड गार्डजस्ता अत्याधुनिक फिचर्स तथा टेक्नोलोजी रहेको जाडो र गर्मी दुवै मौसममा उपयोगी हुने एयर कन्डिसनर बजारमा ल्याएको हो ।
यसको गो क्लिन टेक्नोलोजीले एयर कन्डिसनरमा टाँसिएको धुलो र फोहोरहरू आफँै पखाल्ने हुनाले एयर कन्डिसनरमा ब्याक्टेरिया र ढुसी जम्न नदिने, गन्ध घटाउने र उपभोक्तालाई ताजा र स्वच्छ हावा प्रवाह गर्ने कम्पनीको दाबी छ । साथै, यसको गोल्ड गार्ड फिचर्सले एयर कन्डिसनरलाई उच्च क्षमतामा चलाई लामो समयसम्म टिकाउन मद्दत गर्ने जनाइएको छ । यसको जोनफलो टेक्नोलोजीले प्रयोगकर्ता बसेको ठाउँको तापक्रम महसुस गरी स्वचालित रूपमा कोठाको तापक्रम समायोजन गर्ने जनाइएको छ ।
यसको रिमोटमा रहेको विशेष सेन्सरले प्रयोगकर्तालाई कोठाको जुनसुकै कुनामा पनि समान तापक्रम महसुस गराउने जनाइएको छ । कम्पनीका अनुसार यो एयर कन्डिसनर नेपाली बजारमा १ टन, १.५ टन र २ टनमा उपलब्ध छ । यसमा १० वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ ।
सिजी इलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकलाई सिजी डिजिटल सोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जालमार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको जनाएको छ । कम्पनीका सिजी डिजिटल सोरुमहरू काठमाडौंभित्र टंगाल, कुमारीपाटी, भक्तपुर राधेराधे, कीर्तिपुर, रविभवन, हातीगौँडा, त्रिपुरेश्वर, नयाँ बजार, वसुन्धारा, जोरपाटी र काठमाडौंबाहिर इटहरी, हेटौँडा, भरतपुरमा रहेको जनाइएको छ ।