१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २५ शनिबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ असार २५ शनिबार १८:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल श्रीलंकाको बाटोमा गइसकेको छैन  : मन्त्री कार्की 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असार २५ शनिबार १८:४५:oo

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको अर्थतन्त्र संकटमा फसेको श्रीलंकाको बाटोतर्फ गइरहेको छ भन्ने भनाइमा कुनै सत्यता नरहेको बताएका छन् । नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले मुलुकको अर्थतन्त्र श्रीलंकाको बाटोमा गइरहेको छ भनेर भ्रममा पार्ने कोसिस भइरहेको उल्लेख गर्दै त्यसबाट मुक्त हुन पनि सबैलाई आग्रह गरे ।

शनिबार सुनसरीको इनरुवामा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकको अर्थतन्त्रलाई श्रीलंकाको बाटोमा जान नदिन सरकार सचेत रहेको पनि पटक-पटक दोहोर्‍याए ।  मन्त्री कार्कीले सबैले एकताबद्ध ढंगले प्रयास गरे मुलुकको अर्थतन्त्रलाई छिट्टै सवल बनाउन सकिने दाबीसमेत गरे।  

उनले भने, ‘नेपालकाे अर्थतन्त्र श्रीलंकाको बाटोमा गइराखेको छ भनेर एउटा सुनियोजित हल्ला चलाइएको छ । त्यो हल्लामा कुनै सत्यता छैन । त्यसैले हामीले श्रीलंकाको उदाहरणबाट सचेत होऊँँ  । तर मुलुकको अर्थतन्त्र श्रीलंकाको तर्फ जाँदै छ भन्ने कुराको भ्रममा नपर्नका निमित्त म सबैलाई आग्रह गर्न चाहन्छु । मुलुकको अर्थतन्त्रमा चुनौतीहरू छन् । ती चुनौतीहरूलाई हामीले सामना गर्नुपर्दछ । हाम्रो अर्थतन्त्र संकटपूर्ण होइन, चुनौतीपूर्ण होइन । हाम्रो अर्थतन्त्र सबल अर्थतन्त्रको रूपमा, गतिशील अर्थतन्त्रको रूपमा, लय पक्रेको अर्थतन्त्रको रूपमा अगाडि बढ्न सक्दछ । हाम्रो यो अर्थतन्त्रलाई मजबुत बनाउनका निम्ति हामीले एकताका साथ दूरदृष्टि राखेर अगाडि बढयौँ भने अर्थतन्त्र सबल हुनेछ ।’

मन्त्री कार्कीले सबै नेपाली नागरिकले नागरिकता पाउने गरी सरकारले नागरिकतासम्बन्धी नयाँ विधेयक ल्याउनुपरेको पनि स्पष्ट पारे ।