मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असार २५ शनिबार ०८:४०:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गुल्मीको सत्यवती क्षेत्रमा चिया बगान बनाइदै

Read Time : > 1 मिनेट
२०७९ असार २५ शनिबार ०८:४०:००

गुल्मीको धार्मिक एवं पर्यटकीयस्थल सत्यवतीमा चिया बगान बनाउन थालिएको छ । गाउँपालिकाको वडा नम्बर ३ ठुलोलुम्पेकको सवैभन्दा माथिल्लो भु–भागमा चिया बगान बनाउन थालिएको हो । 

सत्यवती लेकको धार्मिक महत्वसंगै पर्यटनमा थप टेवा पुराउने उदेश्यले चिया बगान निर्माणको काम सुरु गरिएको गाउँपालिका प्रमुख टीकाराम पाण्डेयले बताए । यो बर्ष तीन हजार चियाका विरुवा लगाइने भएको छ । चिया बगानबाट पर्यटन प्रर्वद्धनसंगै जिविकापार्जनमा टेवा पुर्याउन योजना अघि बढाएको पाण्डेयले बताए ।

राष्ट्रिय चिया तथा कफि विकास बोर्ड क्षेत्रिय कार्यालय पोखराबाट चियाका बिरुवा ल्याएर करिव आठ रोपनी क्षेत्रमा रोप्न सुरु गरिएको छ । बिरुवाको रेखदेख गाउँपालिकाले गर्नेछ । तर, अहिलेलाई स्थानीय समुहहरु परिचालन गरिएको सत्यवति गाउँपालिका ३ का वडाध्यक्ष जितु तरामुले जानकारी दिए । 

६५ प्रतिशत मगर समुदाय भएको सत्यवतिको लुम्पेक गाउँमा सत्यवती धार्मिक क्षेत्रलाई जोडेर अरु पर्यटनका कार्य अघि बढाइएको तरामुले बताए । प्रख्यात सोरठी, झ्याउरे, सालैजो र स्थानीय परिकारलाई केन्द्रमा राखेर मोर्डन भिलेज अर्थात रौउँता होमस्टे संचालनको तयारी भइरहेको छ । रुरु धामबाट रुद्रवेणी हुँदै करिव एक घण्टामा सत्यवति लेक पुगिन्छ । रिडी–रुद्रवेणी सडकखण्डबाट सत्यवती धार्मिक तथा पर्यटकीय क्षेत्र दुरीको हिसाबले २४ किमी टाढा पर्छ । यस स्थानमा सडक स्तरबृद्धिको काम भने बाँकी रहेको छ । 

रुरुधामबाट रुद्रवेणी राममन्दिर, कालिगण्डकी र बडिगाढको संगमहुँदै अस्लेवा कृषि पर्यटनसंग पर्यटकलाई जोडने गाउँपालिकाको योजना रहेको छ । लुम्पेकमै कफि सुपरजोनबाट कफि प्रसोधन केन्द्र स्थापना गरेर १० हजार कफि रोपिको वडाध्यक्ष तरामुले बताए ।

सत्यवति लेखमा कार्तिक शुक्ल चर्तुदशी र पुर्णिमामा बिशेष मेला लाग्ने गर्दछ । बैरै बजै (सत्यदेवि) भएकाले चिच्याएर बर माग्नेहरुको मेलामा घुँइचो लाग्छ । सत्यवति क्षेत्रमा संघ र प्रदेश सरकारको सहयोगमा १६ सय मिटर पदमार्ग निर्माण, पिकनिक स्पोर्ट, मन्दिरको संरचनाहरु, गेट, वाल, खानेपानी निर्माण गरिएको सत्यवति क्षेत्र संरक्षण तथा पर्यटन विकास केन्द्रका अध्यक्ष युवराज तरामुले जानकारी दिए ।