१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २३ बिहीबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असार २३ बिहीबार १५:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अहिलेको बजेट खारेज गरेर नयाँ बजेट ल्याउनुपर्छ : प्रेम सुवाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार २३ बिहीबार १५:५५:oo

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आगामी आर्थिक वर्षका लागि नयाँ बजेट पेस गर्न सरकारसँग माग गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै सांसद सुवालले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएकाले उनले प्रस्तुत गरेर संसदबाट पारित भएको बजेट खारेज गरी नयाँ ल्याउन जरुरी रहेको बताएका हुन्। 

सांसद सुवालले एसपिपीमा सहभागी नहुने मन्त्रिपरिषद्को निर्णय अमेरिकालाई पत्राचार नगरेको भन्दै परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई कारबाही गर्न पनि सरकारसँग माग गरे।

‘मन्त्रिपरिषद्ले एसपिसी खारेज गर्ने निर्णय गरेकोलाई अध्ययन हुँदै छ भनी पत्राचार नगर्ने परराष्ट्रमन्त्रीमाथि कारबाही किन हुँदैन?’ उनले भने,‘गोपनीयता भंग गरेका अर्थमन्त्रीको राजीनामा भइसकेको हुँदा पारित गरिएको भनिएको बजेट खारेज गरी नयाँ बजेट पेस गर्न जरुरी छ ।’