मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असार २० सोमबार
  • Friday, 14 August, 2026
२o७९ असार २० सोमबार २o:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लागुऔषधसहित चारजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार २० सोमबार २o:५८:oo

बाग्लुङ प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित  चारजनालाई पक्राउ गरेको छ। बुटवलबाट बाग्लुङ आएको बसमा लागुपदार्थको ओसारपसार भएको भन्ने सूचनाका आधारमा छापा मार्ने क्रममा ठूलो परिमाणको लागुऔषधसहित मानिस पक्राउ गरिएको हो। 

सोमबार दिउँसा १ बजेको समयमा लु १ ख ५३५६ नम्बरको बस चेकजाँच गर्ने क्रममा लागुऔषधसहित पाल्पाको मदन पोखरा गाउँपालिका—७ का कृष्णप्रसाद पुरी, रुपन्देही जिल्ला देवदह नगरपालिका—६ का लोकबहादुर थापा, गुल्मीको मुसिकोट नगरपालिका—५ का सुरथबहादुर घिमिरे र दाङको लमही नगरपालिका वडा नम्बर ७ का शोसन चौधरीलाई नियन्त्रणमा लिएको छ। 

उनीहरूको साथबाट ९०५ एम्फुल फेनार्गन, ९२४ एम्पुल डाइजेपाम र ९१७ एम्पुल नुर्फिन गरी कुल २६४६ एम्पुल लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी डिएसपी इन्द्रबहादुर रानाले बताए। बस खानतलासी गर्ने क्रममा कम्ब्याट रङको झोलामा टेपले बेरेको अवस्थामा बसको गल्लीमा रहेको झोलामा उक्त लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।