गृहमन्त्री खाणसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेटघाट

सोमबार, २० असार, २०७९
डिजिटल संस्करण

गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटघाट गरेका छन् । राजदूत नियुक्त भएर नेपाल आएपछि श्रीवास्तवले गृहमन्त्री खाणसँग पहिलोपटक भेटघाट गरेका हुन् । गृह मन्त्रालयमा सोमबार बिहान भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ र प्रगाढ बनाउनेबारेमा कुराकानी भएको थियो । 

भेटमा गृहमन्त्री खाणले नेपाल सरकार र भारत सरकारबीच भएको सम्झौताअनुरूप कृषि रासायनिक मल छिटो उपलब्ध गराउन सहजीकरण गरिदिन आग्रह गरेका थिए । राजदूत श्रीवास्तवले आफूले पहलकदमी लिने बताए । भेटमा गृहमन्त्री खाणले श्रीवास्तवलाई सफल कार्यकालका लागि शुभकामना दिएका थिए । 

सुझावित समाचार