Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
तस्बिर : वसन्त खतिवडा/नयाँ पत्रिका
मुख्य समाचार डिजिटल संस्करण

गठबन्धनका शीर्ष नेताहरू निजगढमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार १८ शनिबार ११:११:००

सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू बाराको निजगढ पुगेका छन् । प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययनका लागि शीर्ष नेताहरू निजगढ पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीयसचिव रमेश मल्लले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

'गठबन्धनका शीर्ष नेताहरू आज निजगढ पुग्नु भएको छ। निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सरकारी निर्णयमा अदालतले अंकुश लगाएको केही दिनमै शीर्ष नेताहरू स्थलगत अध्ययनका लागि निजगढ पुग्नुभएको हो,' मल्लले फेसबुकमा लेखेका छन्।

गत मंगलबार निजगढ विमानस्थलबारे सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक भएको थियो। फैसलामा सर्तसहित वातावरणीय क्षति न्यून हुने गरी उपयुक्त स्थानमा विमानस्थल निर्माणकार्य अगाडि बढाउन भनिएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, अर्थमन्त्री जनार्दन शर्मा, खानेपानीमन्त्री उमाकान्त चौधरी पर्यटनमन्त्री जीवनराम श्रेष्ठलगायतकाे टाेली स्थलगत अध्ययनका लागि निजगढ पुगेकाे हाे।