१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ असार १७ शुक्रबार १९:४६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मुगुमा बजार अनुगमनमा ढिलाइ, म्याद सकिएका औषधि तथा खाद्यान्न बिक्री 

Read Time : > 1 मिनेट
२०७९ असार १७ शुक्रबार १९:४६:००

मुगुको सदरमुकाम गमगढी बजारमा करिब एक वर्षपछि  बजार अनुगमन गरिएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय, छायानाथ-रारा नागरपालिका, जिल्ला प्रहरी कार्यालय, पशु कार्यालय, नागरिक समाज तथा सञ्चारकर्मीलगायत सरोकारवाला निकायको संयुक्त टोलीले एक वर्षपछि बजार अनुगमन गरेको हो । 

अनुगमनका क्रममा लाखौँ मूल्यबराबरको खाद्यान्नको म्याद सकिएको भेटिएको छ । करिब एक दर्जनभन्दा बढी पसलहरूको अनुगमन गर्दा एक लाख ७५ हजारबराबरको म्याद सकिएका अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको छ । पेय पदार्थ, चक्लेट, हर्लिक्स, सेन्चुरी मसला, बेसारलगायत वस्तुको म्याद सकिएको  भेटिएको अनुगमन टोलीले जनाएको छ । 
नगरपालिका उपप्रमुख ऐश्वर्या मल्ल र सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर रोकायाको नेतृत्वमा गरिएको अनुगमन टोलीले यहाँका सानादेखि ठूला अधिकांश पसलमा बेचिने दैनिक उपभोग्य वस्तुको ‘म्यानुफ्याक्चर डेट’ र ‘एक्सपायर डेट’ जाँच गरेको थियो । 

अनुगमनकै क्रममा यहाँका निजी औषधि पसल तथा एग्रोभेट पनि अनुगमन गरिएको छ । औषधि पसलमा म्याद नाघेका विभिन्न औषधि तथा स्यानिटाइजरलगायत बरामद गरिएको सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर रोकायाले बताए । 

नागरिक समाज मुगुका अध्यक्ष रूपबहादुर मल्लले सरोकारवाला निकायले अनुगमनको औपचारिकता मात्र देखाएको बताए । तीन–तीन महिनामा गरिनुपर्ने अनुगमन एक वर्षपछि एकपटक मात्र गरेर नागरिकको जीवनमाथि खेलबाड गरिएको उनको भनाइ छ । अनुगमनको जिम्मेवारी पाएका उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, स्थानीय सरकार, प्रहरी प्रशासनले अनुगमनलाई प्राथमिकता नदिएको उनको आरोप छ । 

नागरिक र स्थानीयको गुनासोलाई सम्बोधन गर्दै आवश्यकताअनुसार अनुगमन गर्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी रोकायाले बताए । ०७९ को स्थानीय तहको निर्वाचनका कारण समयमै अनुगमन गर्न नसकिएको उनकाे भनाइ थियो ।
छायानाथ-रारा नगरपालिकाले स्थानीय सरकार बजार अनुगमन नियमावली २०७५ पारित गरिसकेको र आगामी दिनमा बजार अनुगमनलाई निरन्तरता दिने नगरपालिका–१ का वडाध्यक्ष पद्मराज मल्लले बताए । ‘अबका दिनमा बजार अनुगमनमा कडाइ गरिन्छ,’ उनले भने ।