मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असार १६ बिहीबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ असार १६ बिहीबार १५:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार १६ बिहीबार १५:३३:oo

बैंकिङ कसुरका फरार प्रतिवादी रामेछाप खाँडादेवी– ५ की ४२ वर्षीय विष्णुमाया योञ्जनलाई प्रहरीले पक्राउ गरेको छ। उनीविरुद्ध   उच्च अदालत पाटनले गत २७ जेठमा तीन महिना कैद सजायसहित सात लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले खातामा रकम नभएको जान्दाजान्दै बैंकको चेक पीडितलाई दिएकी थिइन्।