१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १४ मंगलबार
  • Thursday, 03 July, 2025
२o७९ असार १४ मंगलबार १९:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पेट्रोल छर्केर आगो लगाउन खोज्दा...

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार १४ मंगलबार १९:२o:oo

दाङको तुलसीपुरका एक व्यक्तिले पेट्रोल छर्केर आगो लगाउन खोज्दा उनकै श्रीमती घाइते भएकी छिन्। दाङको तुलसीपुर उपमहानगरपालिका– ९ बेलुवानिवासी उज्जवल श्रेष्ठले आफ्नै घरमा पेट्रोल छर्केर आफू पनि मर्ने र घरमा पनि आगो लगाएर ध्वस्त पार्न खोजेको प्रहरीले बताएको छ। 

तर, श्रेष्ठकी श्रीमतीले भने आफूलाई पेट्रोल छर्केर मार्न खोज्दा घरमा पनि आगो लागेको बताएकी छिन्। आगलागी हुँदा कोठामा रहेका दराज, कपडा, टिभीलगायतका सामग्री जलेर नष्ट भएको प्रहरीले बताएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार मंगलबार दिउँसो १२ बजेतिर श्रेष्ठले घरमा आगो लगाउन खाजेका थिए। घरमा आलो लगाउन खोज्दा उनकी श्रीमती २८ वर्षीया माया श्रेष्ठ घाइते भएकी छिन्। श्रेष्ठको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। 

श्रीमती श्रेष्ठको अनुहार, देब्रे हात  र खुट्टामा जलेको छ। श्रीमतीसँग पटक–पटक विवाद भएकाले आफू तनावमा भएको भन्दै घरमा आगो लगाउन खोजेको र आफू पनि आत्महत्या गर्न खोजेको प्रहरीसमक्ष श्रेष्ठले बयान दिएका छन्। उनले श्रीमतीले आफूलाई पटक–पटक मानसिक तनाव दिएको बयान दिएका छन्। 

श्रेष्ठ पटक–पटक इप्रका तुलसीपुरको थुनामा बस्दै आएका व्यक्ति हुन्। श्रीमतीलाई कुटपिट गरेको आरोपमा थुनामा बस्दै आएका व्यक्ति रहेको इप्रका तुलसीपुरका प्रमुख अर्यालले बताए।