मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७९ असार १४ मंगलबार १४:५०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महानगरको हटलाइनमा कस्ता छन् नागरिकका प्रश्न ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७९ असार १४ मंगलबार १४:५०:००

‘बजारमा पाइने जार र बोतलमा प्याकिङ गरिएको पानीको शुद्धता के हो ?’ काठमाडौं महानगरपालिकाकाे हटलाइन ११८० मा नागरिकले प्रश्न सोधेका छन् । ‘शुद्धताका लागि मूल्य तिरेर किनेको पानी शुद्ध भएन भने किनेर पानी किन खानु ?’ शंखमूलबाट फोन गर्ने व्यक्तिले प्रश्न थियो । यो प्रश्नको उत्तरमा महानगरका स्वास्थ्यकर्मीको जवाफ थियो, ‘पानी जहाँको होस्, उमालेर मात्र प्रयोग गर्नुहोस् ।’

हटलाइनमा बेलुका ६ बजेदेखि फोन आउन थालेको हो । फोनमा जिज्ञासुहरूले काठमाडौंका कुन–कुन ठाउँमा हैजा फैलिएको छ ?, ब्लिचिङ पाउडर के हो ?, कसरी प्रयोग गर्ने, यो पाउडर वितरण भएको छ कि छैन ?, पानी जाँच कहाँ गर्ने ?, हैजाका लक्षण के हुन् ?, प्राथमिक उपचार के गर्ने ?, घरमै केही औषधि छ कि जस्ता प्रश्न गरिरहेका छन् । त्यसैगरी पानी कसरी शुद्ध गर्ने ?, शुद्ध गर्ने औषधिले स्वास्थ्यमा नकारात्मक असर गर्छ कि गर्दैन ? जस्ता जानकारी मागेका थिए । 

महानगरले कल सेन्टरमा स्वास्थ्यसम्बन्धी सूचना दिन २४ घन्टा टोल फ्री नम्बर ११८० सञ्चालन गरेको छ । महानगरमा हैजा रोकथाम गर्न सडकमा खानेकुरा बेच्न निषेध गरेको छ । पानीको स्वच्छता र वातावरणीय सरसफाइसँगै सचेतनामूलक र उपचारका कार्यक्रम गरिरहेको छ । यसका लागि हैजाको प्रकोप भएको ठाउँमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सम्बन्धित वडाका महिला स्वास्थ्य स्वयंसेविका र स्वयंसेवक परिचालन गर्ने तथा सरोकारवालासँग सहकार्य गर्ने निर्णय भएको छ ।