१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १o:४o:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मन्त्रीमा टाँसिन र मन्त्री बनेर पैसा कमाउने लोभ छैन : निवर्तमान मन्त्री श्रेष्ठ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १o:४o:oo

निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्री पदमा टाँसिरहन र मन्त्री भएर पैसा कमाउने लोभ, लालच आफूमा नभएको बताएका छन् । सोमबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । 

मन्त्री पदका लागि बालुवाटार र खुमलटार धाएको आक्षेप लाग्ने गरेको भए पनि त्यो सत्य नभएको जिकिर गरे । मन्त्री श्रेष्ठले पार्टी छोड्ने भन्ने कुरामा कुनै सत्यता नभएको पनि स्पष्ट पारे । 

आफू अहिले पनि मन्त्री चढ्नेभन्दा ठूलो गाडी चढेर आएको भन्दै मन्त्रीमा टाँसिन र मन्त्री बनेर पैसा कमाउने लोभ नरहेको बताए । मन्त्री श्रेष्ठले आठ महिना २१ दिन मन्त्री भएर आफूले गरेका काम सगौरव प्रस्तुत गर्न पाउनु नै आफ्ना लागि ठूलो कुरा भएको बताए । 

‘नचाहिने हल्लाहरू फिँजाइएका छन्,  कुर्सीमा टाँसिरहनका लागि कहिले बालुवाटार, कहिले खुमलटार धाइरहे मन्त्रीहरू भनेर पनि आक्षेप आएको छ । हामी मन्त्रीहरूको भनाइ के हो भन्दा लोकतान्त्रिक पद्धतिमा हामीले बजेट पेस गसिकेपछि बजेटको माननीयहरूले सोध्ने प्रश्नको उत्तर पनि दिन पाऊँ भन्ने मात्रै हाम्रो कुरा हो । यहाँ त लौ टाँसिनलाई पार्टी छोड्छ रे, मन्त्री छोड्नै लागेको छैन रे, प्रधानमन्त्रीलाई प्रेसर रे, यो केही होइन,’ उनले भने, ‘मन्त्री चढ्नेभन्दा ठूलो गाडी चढेर म आएको छु । मन्त्री पदमा टाँसिरहनु, मन्त्री भएर पैसा कमाउनु, त्यस्तो मेरो लोभ–लालच छैन । आठ महिना २१ दिन बसेर आफूले गरेका कामहरू सगौरव भन्न पाइयो यही ठूलो कुरा हो ।’

त्यसैगरी, पार्टीकै अर्का मन्त्री प्रेमबहादुर आलेले आफ्नो कार्यकालमा आफूलाई नै नम्बर दिएकोप्रति लक्षित गर्दै आफूले गरेको कामको नम्बर जनताले दिने बताए । निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आलेले आइतबार पत्रकार सम्मेलन गर्दै आफूले गरेका काममा ९० अंक दिएका थिए । 


 

ad
ad