१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १३ सोमबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ असार १३ सोमबार o८:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मौसम :  कतै भारी वर्षा, कतै सामान्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असार १३ सोमबार o८:४o:oo

आज दिउँसो देशभर सामान्य बदली रहनेछ ।  देशभरका पहाडी भू–भागका धेरै स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ। प्रदेश १ तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

यस्तै, रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, मधेस प्रदेश,गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

मंगलबारदेखि बिहीबारसम्म मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भू–भागनजिक आइपुग्ने सम्भावना रहेकाले मनसुन थप सक्रिय हुने बताइएकाे छ। जसको प्रभावले मंगलबारदेखि बिहीबारसम्म देशभर सामान्यदेखि पूर्णतया बदली रही मंगलबार देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा/झरी भई प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका तराई तथा पहाडी भू–भाग र मधेस प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

विभागका अनुसार मंगलबारदेखि बिहीबारसम्म देशको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ। ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन विभागले आग्रह गरेको छ।

ad
ad
ad
ad