मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ असार १२ आइतबार १८:४८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हेटौँडाको बजेट २ अर्ब ७१ करोड

Read Time : < 1 मिनेट
२०७९ असार १२ आइतबार १८:४८:००

नेकपा (एमालेबाट) निर्वाचित जनप्रतिनिधि उपस्थित नहुँदा गणकपूरक संख्या नपुगेका कारण हेटौँडा उपमहानगरपालिकाले तोकिएको मितिभन्दा ढिला गरी नीति तथा कार्यक्रम र बजेट ल्याएको छ।

१० असारमा आगामी आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रम र बजेट सार्वजनिकका लागि आह्वान गरिएको नगर सभामा एमाले उपस्थित नहुँदा गणकपूरक संख्या पुगेको थिएन। एमालेको मागलाई छलफलबाट अघि बढाउने सहमति भएलगत्तै आइतबार नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिएको हो। ११औँ नगर सभाको दोस्रो बैठकमा उपप्रमुख राजेश बानियाँले नीति तथा कार्यक्रमसँगै २ अर्ब ७१ करोड ७९ लाख ७२ हजार ८ सय २० रुपैयाँको बजेट सार्वजनिक गरेका हुन्। 

उपमहानगरले खर्च व्यहोर्न आन्तरिक स्रोतबाट ९४ करोड ३६ लाख ५३ हजार ८ सय २०, राजस्व बाँडफाँटबाट ५८ करोड ९३ लाख ७० हजार, प्रदेश विभिन्न अनुदानबाट ९ करोड ५८ लाख ४९ हजार, संघीय सरकार अनुदानबाट १ अर्ब ६ करोड ९५ लाख र अन्य आय र संघसंस्थातर्फ १ करोड ९६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ।

हेटौँडाको पूर्वाधार विकासतर्फ १ अर्ब ८ करोड ४२ लाख, आर्थिक विकासतर्फ १९ करोड ६९ लाख, सामाजिक विकासतर्फ ६६ करोड १५ लाख, स्वास्थ्यतर्फ ९ करोड ५३ लाख, युवा तथा खेलकुदतर्फ ३ करोड ७३ लाख, महिला तथा बालबालिकाका लागि ३ करोड ५८ लाख रुपैयाँ, वातावरण तथा विपद् व्यवस्थापनतर्फ १२ करोड ६ लाख, संस्थागत विकास र सेवा प्रवाहतर्फ ७ करोड ३३ लाख, अन्य विविध शीर्षकमा ९९ लाख रुपैयाँ विनियोजन गरिएको छ।