१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार १o:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

मन्दिरैमन्दिरको सहरमा फोहोरजत्तिकै छरपस्ट मूर्ति (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १o:५८:oo

देशको संघीय राजधानी काठमाडौं मन्दिरको पनि राजधानी हो । त्यसैले काठमाडौंलाई मन्दिरैमन्दिरको सहर पनि भनिन्छ । काठमाडौंका पाइला–पाइलामा अनेकौँ देवीदेवताका मूर्ति भेटिन्छन् । कतै मन्दिर त कतै खुला नै छोडिएका यहाँका मूर्तिहरूको अवस्था धेरै ठाउँमा दयनीय छ, जस्तै काठमाडौं सहरको अवस्था छ ।

मन्दिरले चिनाएको काठमाडौंलाई अब फोहोरले चिनाउन थालेको छ । आज काठमाडौं उपत्यकामा रहेका मन्दिर र मूर्ति फोहोरजत्तिकै छरपस्ट छन् । यहाँ फुटपाथमा पाइलाले ठोकिने भगवान्का मूर्ति भेटिन्छन् । कतै रूख उम्रेर ढल्नै लागेको मन्दिर,पानीले खिएका, अबिर र अक्षताको असरले प्वाल परेका मूर्ति पनि मन्दिरहमा छन् । तर, संरक्षण भने अझै भएको छैन । जताततै लापरबाही छ । मन्दिर अनि मूर्तिको सुरक्षाका लागि डन्डीकाे बार मात्रै होइन, यहाँ चोरीबाट बचाउन काँडेतार नै टाँगिएका भेटिन्छन् । मन्दिर परिसरमा कतै पुनर्निर्माणका क्रममा टहरा बनाइएको छ भने कतै डन्डी बाँधेर छोडिएको देख्न सकिन्छ ।

फोहोर अनि झारैझारको बीचमा भगवान्को मूर्ति देख्नु यो सहरका लागि नौलो कुरा होइन । एकातिर खुला ठाउँमा मूर्ति बेवारिसे र दयनीय अवस्था देखिन्छ भने अर्कोतर्फ चोरीबाट बचाउन विभिन्न सावधानी अपनाइएको छ । यहाँ सिसिटिभी जडान गरिएको छ । चोकचोकमा साइरन राखिएका छन् । तर, मूर्ति र मन्दिरको संरक्षण गर्न भने पहलकदमी हुन सकेको छैन । काठमाडौं सहरका दयनीय अवस्थाका केही मूर्ति :

 

 

 

तस्बिर : न्युज एजेन्सी 

ad
ad