१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १o:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

बाँके भलिबल संघको अध्यक्षमा चन्द निर्वाचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १o:३३:oo

बाँके जिल्ला भलिबल संघको अध्यक्षमा चिरञ्जीवी चन्द निर्वाचित भएका छन् । संघको बुधबार नेपालगन्जमा भएको अधिवेशनले चन्दको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको महासचिव यमनारायण महतोले जानकारी दिए । चन्द यसअघि उपाध्यक्ष थिए ।

अधिवेशनले उपाध्यक्षमा रिता कोइराला, महासचिवमा महतो, कोषाध्यक्षमा सुमनसिंह बस्नेत सर्वसम्मत निर्वाचित भएका छन् । सदस्यहरूमा पूर्ण खत्री, चन्द्र राना, डिबी तामाङ, डिबी बस्नेत र मनिराम बटाला निर्वाचित भएको महतोले जानकारी दिए ।

यसैगरी, प्रदेश प्रतिनिधिमा कृष्णा पाठक र यमबहादुर महतरा चयन भएका छन् । जिल्ला संघमा दुईजना उपाध्यक्ष रहने प्रावधान छ । नेपाल भलिबल संघको विधानबमोजिम अध्यक्ष चन्दले दोस्रो उपाध्यक्ष मनोनयन गर्नेछन् ।

बाँकी सदस्य कार्यसमितिले मनोनयन गर्नेछ । दुईजना सदस्य जिल्ला खेलकुद विकास समितिले पठाउनेछ ।  नेपाल भलिबल संघका केन्द्रीय सचिव ओलीले बाँके जिल्लाले गरेका कामलाई केन्द्रले उच्च मूल्यांकन गरेको बताए। 
 

ad
ad