मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार ९ बिहीबार ०६:५०:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एसिसी महिला टी–२० : सेमिफाइनलमा नेपालले युएईको सामना गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार ९ बिहीबार ०६:५०:००

नेपाली राष्ट्रिय महिला टोलीले एसिसी महिला टी–२० च्याम्पियनसिप, २०२२ को सेमिफाइनलमा युएईको सामना गर्ने भएको छ । मलेसियाको किन्नरा मैदानमा शुक्रबार हुने पहिलो सेमिफाइनलमा जिते मात्रै नेपाल एसिया कपमा छनोट हुनेछ । 

नेपालले समूहको पहिलो खेलमा भुटानलाई ५०, कुवेतलाई २५ रन र बहराइनलाई ८ विकेटले पराजित गरेको थियो । हङकङसँग ७ विकेटले पराजित हुँदा नेपालले समूह विजेता बन्ने अवसर गुमाएको थियो । एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र थाइल्यान्ड हुनेछन् । समूह ‘बी’मा हङकङ शीर्ष स्थानमा रहँदै अन्तिम चारमा पुग्यो । हङकङले बुधबार समूह चरणको अन्तिम खेलमा कुवेतलाई ३० रनले हरायो ।

 समूह ‘बी’मा हङकङ ८ अंकका साथ शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको नेपालको ६ अंक छ । यस समूहबाट कुवेत, बहराइन तथा भुटान समूह चरणबाटै बाहिरिएका छन् । समूह ‘ए’मा युएईले चार खेलबाट ७ अंक बटुलेको छ । आयोजक मलेसिया ६ अंकका साथ दोस्रो स्थानमा छ । मलेसियाले समूह ‘बी’को विजेता हङकङको सामना गर्नेछ । 

वान्गी मैदानमा हङकङले २० ओभरमा ८ विकेट गुमाउँदै ९० रन जोडेको थियो । कुवेतले १७.४ ओभरमा सबै विकेट गुमाएर ६० रन मात्र जोड्यो । यो खेलमा कुवेतले हङकङलाई भारी अन्तरले हराएको भए नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना समाप्त हुने थियो । कुवेतको हारसँगै नेपाल समूह उपविजेता बनेको हो । 

युएई समूह ‘ए’को अन्तिम खेलमा कतारलाई १५३ रनको फराकिलो अन्तरले पराजित गर्दै विजेता बन्यो । युएईले पहिलो ब्याटिङ गर्दै निर्धारित २० ओभरमा एक विकेट गुमाउँदै २१४ रन बनायो । युएईकी ओपनर इसा रोहित ओजाले ६७ बलमा १८ चौका र तीन छक्काको सहयोगमा एक सय १५ रनको शतकीय इनिङ्स खेलिन् । कतारले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ६१ रन बनायो ।