पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक दुईतर्फी रूपमा सञ्चालनमा आएको छ । पहिरोका कारण सडक अवरुद्ध भएसँगै यात्रुले सास्ती खेपेका थिए ।
पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड अहिले दुईतर्फी नै सञ्चालनमा आएको हो । जलबिरेमा पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको थियो ।
बर्खाको समयमा यस सडकखण्डमा बढी मात्रामा पहिरो जाने भएकाले सचेत भएर आवश्यक काममा मात्र यात्रा गर्न सम्पूर्ण यात्रुलाई प्रहरीले विशेष अनुरोधसमेत गरेको छ ।