मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १ सोमबार
  • Monday, 16 December, 2024
रासस काठमाडौं
२o८१ पौष १ सोमबार १४:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वर्तमान सत्ता गठबन्धनको उद्देश्य राजनीतिक स्थिरता र विकासमा गतिशीलता : मन्त्री गुरुङ

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष १ सोमबार १४:५o:oo

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपा (एमाले) र नेपाली कांग्रेसको राजनीतिक गठबन्धनको मुख्य उद्देश्य मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै विकासमा गतिशीलता ल्याउनु रहेको बताएका छन्। 

काठमाडौंमा सोमबार आयोजित ‘दी राइजिङ नेपाल’को ५९औँ वार्षिकोत्सव समारोहमा उनले देश विकासको मुख्य बाधकका रूपमा रहेको राजनीतिक अस्थिरता अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताए। 

पटकपटक सरकार बन्ने र परिवर्तन हुने प्रवृत्तिले निर्माणाधीन विकास योजना, नीति, नियम र आधारहरू लथालिङ्ग भएको बताउँदै सरकारका प्रवक्ता गुरुङले वर्तमान गठबन्धन सरकारले राजनीतिक स्थायित्वसहितको विकासमा जोड दिएको दाबी गरे।

‘राजनीतिक अस्थिरता भयो भने सरकार अस्थिर हुने र सरकार अस्थिर हुँदा त्यसको असर विकास निर्माण र जनतामा समेत पर्ने गरेको छ । तसर्थ देशका दुई ठूला दल एमाले र कांग्रेसको सहयकार्यमा सरकार गठन अत्यावश्यक थियो, सोहीअनुसार हामीले गरेका छौँ’, उनले भने, ‘विगतमा हामी सधैँ सत्ता र राजनीतिक अस्थिरतामै रुमलियौँ, जसले गर्दा मुलुकको समृद्धि ओझेलमा परिरह्यो। अब यस्तो हुँदैन, यो सरकार जनतामा स्थायित्व महसुस गराउन अभ्यासरत छ।’