१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २ बिहीबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असार २ बिहीबार o६:१७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल चेम्बर एक्स्पो २०२२ आजदेखि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार २ बिहीबार o६:१७:oo

आजदेखि नेपाल चेम्बर अफ कमर्सले ‘नेपाल चेम्बर एक्स्पो २०२२’ आयोजना गर्ने भएको छ । एक्सपो असार ६ गतेसम्म भृकुटीमण्डमा हुने भएको हो ।  मेलामा कुल एक सय ५० वटा स्टल रहने जनाइएको छ । त्यसमध्ये अन्तर्राष्ट्रिय कम्पनी तथा उद्योगी व्यवसायीका लागि ५० वटा स्टल छुट्याइएको आयोजकले जनाएको छ ।

मेलामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय एवं व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले सहकार्य गर्ने जनाइएको छ । पछिल्ला चार संस्करणको मेला सम्पन्न भए पनि पाँचौँ संस्करण कोभिड– १९ कारण लम्बिएकाले यसै आर्थिक वर्षभित्र सम्पन्न गर्न लागिएको आयोजकको भनाइ छ । 

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नाफाको हिसाबले भन्दा पनि उत्पादन, निर्यात प्रवद्र्धन गर्ने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको बताए । यस वर्षको पाँचौँ मेलामा बंगलादेश सहकर्मीका रूपमा रहेको उनको भनाइ छ । मेला आयोजना गर्नमा नेपालस्थित बंगलादेशी राजदूतावासको पनि सक्रिय सहभागिता रहेको मल्लले बताए । 

मेलामा कृषि तथा जडीबुटीजन्य वस्तु, विद्युतीय सामग्री, फर्निचरका सामान, गार्मेन्ट र टाइल्सका सामान, मोबाइल ग्याजेट, हाइड्रोका समान कस्मेटिकजन्य सामान, डेरीजन्य सामग्री रहनेछन् । मेला अवलोकनकर्ताको संख्या ५० हजार नाघ्ने आयोजकको अनुमान छ ।