१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
हदिश खुद्दार जनकपुधाम
२०७९ असार १ बुधबार १७:३४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मधेस प्रदेश सरकारद्वारा ४६ अर्ब ८८ करोडको बजेट सार्वजनिक 

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुधाम
२०७९ असार १ बुधबार १७:३४:००

मधेस प्रदेश सरकारले अगामी आर्थिक वर्षको लागि ४६ अर्ब ८८ करोड ९ लाखको बजेट सार्वजनिक गरेको छ । बुधबार प्रदेश सभामा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले अगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका हुन् । 

अर्थमन्त्री साहले चालूतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार र पुँजीगततर्फ २५ अर्ब ८२ लाख २० लाख ८० हजार बजेट विनियोजन गरेका छन् । 

यस्तै, वित्तीय व्यवस्थापनतर्फ १६ करोड २४ लाख ५६ हजार बजेट विनियोजन गरिएको छ। चालू आर्थिक वर्षमा मधेस प्रदेश सरकारको बजेट करिब ३४ अर्ब रहेको छ ।