१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार १३:३४:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

अस्थिर नीतिका कारण सेयरबजार धराशायी बनेको छ, यसको तत्काल समाधान खोजिनुपर्छ : गगन थापा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १३:३४:oo

प्रतिनिधिसभामा सेयरबजार समस्याबारे ध्यानाकर्षण  

प्रतिनिधिसभाको आजको बैठकमा कांग्रेसका सांसद गगनकुमार थापाले धितोपत्र बजारको स्थायित्व र लगानीकर्ताको विश्वास कायम गराउन नियामक निकायको ध्यानाकर्षण गराएका छन् ।  

आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद थापाले समग्र अर्थतन्त्रको परिसूचकका रूपमा रहने सेयर बजारको स्थायित्व र सबलताले लगानिकर्ताको मात्र नभई समग्र अर्थतन्त्र उन्नयनतर्फ लाने हुँदा हाल धितोपत्र बजारमा देखिएका समस्याबारे सदनलाई स्पष्ट पार्न माग गरे ।  

उनले सामान्य अवस्थामा सेयर बजार तलमाथि हुने, तरलता अभावले बजारमा प्रभाव पर्ने नियमित प्रक्रिया भए तापनि केही नीतिगत कारणले बजार अस्थिर हुन नहुने बताउँदै धितोपत्र बजारको नीति दिगो र अर्थतन्त्रलाई सबलीकरण गर्ने खालको बनाउन माग गरे ।

अहिलेको बजारमा साना लगानीकर्ता अझ बढी मारमा परेको र आमलगानीकर्ताको सुरक्षाबारे सरकार र नियामकले गरिरहेका कामबारे जानकारी गराउन थापाले सरकारको ध्यानाकर्षण गराएका हुन् । कांग्रेस महामन्त्री थापाले गत लामो समयदेखि अस्थिर रहेको सेयर बजारको संरक्षण र लगानीकर्ताको प्रोत्साहनका लागि कार्यक्रम ल्याउन सरोकारवालाको ध्यानाकर्षण गराएका छन् ।  

सेयर बजारको स्थायित्व, सबलताले लगानीकर्ताको मात्र नभएर समग्र अर्थतन्त्रको सबलीकरणमा योगदान पुग्छ भन्दै उनले सेयर बजारको स्थायित्व कायम गर्न, सेयर बजारमाथि विश्वास कायम गर्न अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र नियामक धितोपत्र बोर्डले के–कस्ता काम गरिरहेका छन् भनी प्रश्न गरे ।

उनले साना लगानीकर्ताको संरक्षणका लागि भइरहेका कामबारे सदनलाई जानकारी गराउन माग गरे । नेता थापाले भने, ‘गत भदौ २८ गते नेप्से परिसूचक बढेर तीन हजार एक सय ९८ को उच्चतम बिन्दुमा पुगेको थियो । यही जेठ ३१ गते घटेर एक हजार नाै सय ९६ मा झरेको छ । यसले सेयर बजारको विश्वसनीयतामा नकारात्मक असर पार्नुका साथै साना लगानीकर्ता उठ्न नसक्ने गरी थला पारेका छन् । अस्थिर नीतिका कारण सेयर बजार धराशायी बनेको छ, यसको तत्काल समाधान खोजिनुपर्छ ।’     

ad
ad