१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १ बुधबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ असार १ बुधबार १o:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मेघगर्जन र चट्याङसहित वर्षा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असार १ बुधबार १o:o६:oo

हाल प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । अन्य प्रदेशका भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेकोे पूर्व–पश्चिमी न्यूनचापीय रेखाको प्रभाव छ । 

उक्त मौसमी प्रणालीको प्रभावले प्रदेश १, मधेस र बागमतीमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । प्रदेश १, मधेस र बागमती प्रदेशमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहने महाशाखाले जनाएको छ ।

राजधानी काठमाडौंमा बिहानैदेखि बदली रहनुका साथै केही स्थानमा हल्का वर्षा भइरहेको छ । आज काठमाडौंको अधिकतम तापक्रम २९.७ र न्यूनतम तापक्रम १९.५ डिग्री सेल्सियस रहेको छ ।