मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ३१ मंगलबार
  • Monday, 16 December, 2024
२o७९ जेठ ३१ मंगलबार १o:५२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रदेश राज्यमन्त्री विमला वली प्रहरी नियन्त्रणमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ ३१ मंगलबार १o:५२:oo

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री (वली)लाई प्रहरीले नियन्त्रणमा लिएको छ । वाइसिएलका नेता एकराज बस्नेतकी श्रीमती र छोरीलाई कुटपिट गरेको भन्दै प्रहरीले राज्यमन्त्री वलीलाई नियन्त्रणमा लिएको हो । 

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार वलीसँग यो विषयमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो । बस्नेतकी श्रीमती र छोरीले आफूमाथि राज्यमन्त्री वलीले हातपात गरेको आरोप लगाएका छन् । तुलसीपुर– ५ बसपार्कस्थित घरमै गएर कुटपिट गरेको भन्ने सूचना पाएपछि प्रहरी त्यहाँ पुगेको थियो । बस्नेत भने सम्पर्कविहीन छन् ।