१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १ मंगलबार ११:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली डिजिटल संस्करण

१७ हप्तामा १५ सय पिन्ट रगत संकलन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार ११:३३:oo

‘हजुरलाई नमस्ते परोपकारी संस्था’ले १७ हप्ताको अवधिमा एक हजार पाँच सय पिन्ट रगत संकलन गरेको छ। वाफलस्थित संस्थाकै कार्यालयमा हरेक शनिबार रक्तदान कार्यक्रम आयोजना गरेर उक्त रगत संकलन गरिएको हो। 

पहिलो चरणमा १५ हप्तासम्म र दोस्रो चरणमा दुई हप्तासम्म रगत संकलन गरिएको हजुरलाई नमस्ते ट्रेड लिंकका प्रमुख ताराबहादुर कुँवरले जानकारी दिए। उनका अनुसार संकलन गरिएको रगत नेपाल रेडक्रस सोसाइटीलाई उपलब्ध गराइएको छ।

‘हाम्रो सानो प्रयासले कसैको जीवन बाँच्छ, हामीले सकेसम्म हप्ताको एक दिन रंगत संकलन गर्ने भनेर योजना बनाएका छौँ, त्यसैअनुसार नै रगत संकलन हुने गरेको छ,’ कुवँरले भने, ‘यसलाई अझै निरन्तरता दिन्छौँ ।’

उनले रक्तदान कार्यक्रममा जनप्रतिनिधि र स्थानीयको सहभागितासमेत गराउँदै आएका छन्। शनिबार आयोजना गरिएकोे रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेका छन्।

ad
ad