सीमान्तकृत यौन अभिमुखीकरण, लैंगिक पहिचान र यौन विशेषताका व्यक्तिहरूले आज गौरव यात्रा मनाएका छन् । उपत्यकामा रहेका क्वयर समुदायले माइतीघर मण्डलादेखि बानेश्वरसम्म गौरव –याली निकालेका हुन्। नेपालमा प्रत्येक वर्ष जुन महिनाको दोस्रो शनिबार गौरव यात्रा गरिँदै आइएको छ।
जुन महिनालाई विश्वभरि नै लैंगिक तथा अल्पसंख्यक व्यक्तिहरूले सामाजिक लान्छनालाई तोडेर आफ्नो पहिचानमा गौरव गर्ने सन्देश लिएर गौरव यात्रा आयोजना गर्ने गरेका छन्।
तस्बिर :