नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनमा सरकारले चासो दिनुपर्ने बताएका छन्। बुधबार प्रतिनिधिसभामा बोल्दै उनले फोहोर व्यवस्थापन र त्यसको कानुनी गाँठो फुकाउन प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराए।
महामन्त्री थापाले आफूहरूले महानगरलाई फोहोर व्यवस्थापनमा सहयोग गर्ने बताए। महानगरको फोहोर व्यवस्थापनमा समन्वय गर्न हामी तत्पर छौँ, महानगरले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर छुट्याउन अनुरोध गरेको छ, यसमा हामी सबैले साथ दिनुपर्छ,’ उनले भने।