मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २३ सोमबार
  • Thursday, 19 December, 2024
सोनी राई सोलुखुम्बु
२o७९ जेठ २३ सोमबार १६:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सोलुखुम्बुको नेचासल्यानमा आइतबारको बिदा कटौती

Read Time : < 1 मिनेट
सोनी राई, सोलुखुम्बु
नयाँ पत्रिका
२o७९ जेठ २३ सोमबार १६:४१:oo

सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले आइतबारको सार्वजनिक बिदा कटौती गर्ने भएको छ। सरकारी सेवा लिन कठिनाइ भएको गुनासो आएपछि आइतबार बसेको गाउँकार्यपालिकाको बैठकले मंगलबारदेखि लागू हुने गरी आइतबारको सार्वजनिक बिदा कटौती गर्ने निर्णय गरेको हो।

पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै केन्द्र सरकारले १ जेठदेखि लागू हुने गरी हप्तामा शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको थियो। सोमबार प्रमुख प्रशासकीय अधिकृत लबुन राईले सूचना जारी गर्दै आइतबारको सार्वजनिक बिदा कटौती गरिएको जानकारी गराएका हुन्।