मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ २२ आइतबार १८:०९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मन्त्री हेरफेर नियमित प्रक्रिया : माधव नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ २२ आइतबार १८:०९:००

सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुृमार नेपालले मन्त्री हेरफेर नियमित प्रक्रिया भएको प्रतिक्रिया दिएका छन् । पार्टीबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेपछि नेपालले नियमित प्रक्रिया भएको बताएका हुन् । 

नेपालले मन्त्रीहरूलाई सुरुमै ६ महिनाको लागि भनिएको स्मरण गरे । सचिवालय बैठकपछि पार्टी कार्यालयबाट बाहिरिने क्रममा पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेपालले भने,  ‘यो नियमित प्रक्रिया हो । पहिले नै हामीले ६ महिना भनेका थियौँ ।’

नेपालले एकीकृत समाजवादीले सिफारिस गरेका चार मन्त्री र एक राज्यमन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई सिफारिस गरिसकेका छन् ।

एकीकृत समाजवादीले स्वास्थ्यमन्त्रीमा भवानीप्रसाद खापुङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा जीवनराम श्रेष्ठ, सहरी विकासमन्त्रीमा मेटमणि चौधरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा शेरबहादुर कुँवरको नाम सिफारिस गरेको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा हीरा केसीको नाम सिफारिस भएको छ । खापुङ हाल स्वास्थ्य राज्यमन्त्री छन् । अन्य सबै नयाँ अनुहार हुन् ।

हाल स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाक्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ छन् । खापुङ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री छन् ।