१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २० शुक्रबार
  • Thursday, 04 July, 2024
फाइल फाेटाे ।
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ २० शुक्रबार १५:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सर्वसाधारण र व्यवसायीका लागि पेट्राेलियमकाे छुट्टाछुट्टै मूल्य ताेक्न समिति गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ २० शुक्रबार १५:४६:oo

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले सर्वसाधारण र व्यवसायीका लागि छुट्टाछुट्टै मूल्य निर्धारण गर्न समिति गठन गरेको बताएका छन्। शुक्रबार प्रतिनिधिसभामा प्रस्तुत पेट्रोलियम पदार्थको मूल्यवृद्धिसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलका क्रममा मन्त्री बडूले समिति गठन गरिएको बताएका हुन्।

उनले आयल निगम समितिका सदस्यको संयोजकत्वमा सरोकारवालासहितको उपसमिति गठन गरिएको जानकारी दिए। मन्त्री बडूले इन्धनको आपूर्ति विधिलाई चुस्त बनाउन पनि सरकारले गृहकार्य सुरु गरेको उल्लेख गरे। नेपाल आयल निगम खारेज गरेर त्यसको काम निजी क्षेत्रलाई दिने हल्लामा कुनै सत्यता नरहेको उनले स्पष्टीकरण दिएका छन्।

‘नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति प्रभावकारी बनाउन नेपाल सरकारले अपनाउनुपर्ने नीतिगत तथा संस्थागत र पेट्रोलियम पदार्थको माग आपूर्ति र भण्डार गर्ने गरी आपूर्ति प्रणाली सुधार गर्ने प्रक्रिया तथा वितरण प्रणाली, पेट्रोलियम पदार्थको हाल अन्तर्राष्ट्रिय मूल्य र यसबाट समग्र देशको अर्थतन्त्रमा परेको असर, न्यूनीकरणका उपाय अपनाएर निगमको सुधार गर्ने, नेपालमा पेट्रोलियम पदार्थको दीर्घकालीन वैकल्पिक ऊर्जा र हरित हाइड्रोजनको प्रयोग गर्ने र आयल निगमलाई पुनर्संरचना गर्ने योजना छ,’ उनले भने।

पछिल्लो समय रुस र युक्रेनको युद्धको कारण बाध्यात्मक रूपमा सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाउनुपरेको मन्त्री बडूले बताए।

ad
ad
ad
ad