१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७९ जेठ २० शुक्रबार ०८:४५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बुस्टर डोज लगाएको चौथो दिन २० वर्षीया युवतीको मृत्यु 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७९ जेठ २० शुक्रबार ०८:४५:००

बुष्टर डोज  लगाएकी अर्की एक महिला पनि बिरामी,  महाकाली अस्पतालमा उपचार हुँदै

कञ्चनपुरमा कोरोना महामारी बिरुद्धको बुष्टर डोज लगाएकी एक युवतीको मृत्यु भएको छ । चार दिन अघि बुष्टर डोज लगाएकी भीमदत्त नगरपालिका-१९ बागफाँटाकी २० वर्षीया गंगा रानाको मृत्यु भएको हो । 

१६ जेठमा खोप लगाएदेखि बिरामी भएकी गंगाको बिहीबार दिउँसो मृत्यु भएको उनको परिवारले जनाएको छ । तर, गंगाको मृत्यु खोप लगाएकै कारण भएकाे हो वा अन्य कारणबाट भएको हाे भन्नेबारे स्वास्थ्य कार्यालयबाट आधिकारीक धारणा आएको छैन । 

स्वाथ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले गंगाको मृत्युबारे यकिनका साथ भन्न नसकिने बताए । ‘गंगाको मृत्यु कोरोनाको खोप लगाएका कारण भएको हो वा होइन भन्नेबारे अहिले केही भन्न सकिँदैन, ‘उनले भने, ‘अन्य कारणबाट समेत हुनसक्छ ।’ मृतकका परिवार र स्थानीयले मृत्यु हुनुको कारण छानबिन गर्न माग गरेका छन्।

यसैगरी बागफाँटामै बुष्टर डोज  लगाएकी अर्की एक स्थानीय तिर्था राना समेत बिरामी भएकी छिन् । तिर्थाको महाकाली अस्पतालमा उपचार भईरहेको छ ।